विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

लोकपथ
65
Shares

काठमाडौं । विभिन्न मुलुक पठाउने भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । बेलायत र दुबई पठाईदिन्छु भन्दै रकम ठग्ने उनिहरुलाई प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट समातेको हो ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२९ सामाखुसी बस्ने ईलामको ईलाम नगरपालिका–१ नारायणटार घर भएका ३७ वर्षीय प्रकाश राई तथा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ खाडिचौरका २७ वर्षीय अविनाश कार्की रहेका छन् ।

राईले बेलायत पठाईदिन्छु भन्दै नगद १५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा आज दिउँसो प्रहरीले पक्राउ गरेको हो भने कार्कीलाई ७ लाख ५० हजार रुपैयाँ ठगेको अभियोगमा प्रहरीले पक्राउ गरेकाे  बताएको छ ।

राईले ५ जनालाई सिजनल भिषामा बेलायत जानको लागि प्रति व्यक्ति नगद ९ लाख रुपैयाँ लाग्ने र बेलायत पुगेपछि प्रतिष्ठित एग्रिकल्चर कम्पनीमा काम लगाइदिन्छु भन्दै मासिक ४ लाख रुपैयाँसम्म तलब हुने विश्वास दिलाएर प्रलोभनमा पारेको प्रहरीको भनाई छ ।

त्यस्तै, कार्कीले दैलेखको दुल्लु घर भएका एक पुरूषलाई वर्किङ भिषामा दुबई जानको लागि ७ लाख ५० हजार रूपैयाँ लाग्ने र दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा आर्मस् गार्डको काम लगाईदिन्छु, मासिक १ लाख रूपैयाँसम्म तलब हुन्छ भन्दै विश्वास दिलाएर प्रलोभनमा पारेको प्रहरीले जनाएको छ ।

रकम ठगीमा संलग्न रहेर फरार भएका उनिहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले राईलाई काठमाडौंको सिनामंगलस्थित शम्भुमार्ग तथा कार्कीलाई गोङ्गबुबाट पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?