२१ माघ २०७९, शनिवार

देशभर ४ सय ५५ जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

२०७९,श्रावण,२९,आईतवार १७:११

72
Shares

काठमाडौं । आज देशभर ४ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार चार हजार ८ सय २९ परीक्षणमा ४ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

दुई हजार ३ सय ८ पीसीआर परीक्षणमा ३ सय ५ र दुई हजार ५ सय २१ एन्टिजेन परीक्षणमा १ सय ५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । त्यस्तै ३ सय २ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ४ सय ३५ रहेको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार ५ हजार २ सय ४६ जना होम आइसोलेसनमा रहेका छन् भने १ सय ८९ जना संस्थागत आइसोलेसन र ६५ जना आईसीयूमा छन् । यस्तै, २ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३९ हजार ९ सय ४४ पुगेको छ ।

प्रकाशित मिति: २०७९,श्रावण,२९,आईतवार १७:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १ हजार २ सय

वीरगञ्ज । भारतमा पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमण देखापरेपछि सोको रोकथामका लागि वीरगञ्ज नाकामा उच्च सतर्कता अनपाउन थालिएको छ ।

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण फेला परेका छन् । पछिल्ला केहीदिन यता घट्दो क्रममा

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको जोखिम अझै कायम रहेको अवस्थामा छिमेकी मुलुकहरुमा फैलिएको कोभिड–१९ को नयाँ

ताजा समाचार