१८ आश्विन २०७९, मंगलवार

ट्राफिक नियम उल्लघंन गर्ने ६ वटा स्कुल बस कारबाहीमा

२०७९,श्रावण,२९,आईतवार १७:४८

81
Shares

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने ६ जना चालकलाई कारबाही गरेको छ । आज (आइतबार) बिहान साढे ५ बजे देखी साढे ८ बजेसम्म गरिएको चेकजाँचमा मादक पदार्थ सेवन गरेका चालकहरु कारबाहीमा परेका हुन् ।

मापसे गरेर स्कुल बस चलाउने चालकहरूमा बा ३ क ९३५ नम्बरको ओमेगा सेकेण्डरी स्कुल कुमारी पाटीका बस चालक ईन्द्रबहादुर श्रेष्ठ , बा १ क ९४५६ नम्बरको टाईम ईन्टरनेश्नल कलेजका बस चालक राजकुमार श्रेष्ठ र बा १ क ९३५६ नम्बरको त्रियोग हाई स्कुलका बस चालक साङ्गेल शेर्पा रहेका छन् ।

त्यस्तै, बा ८ च ९३८३ नम्बरको रेडियन्ट पब्लिक स्कुलका भ्यान चालक शिवकुमार क्षेत्री , बा १८ च ९८०१ नम्बरको ओरेन्ट ईष्ट मन्टेश्वरी स्कुल बल्खुका भ्यान चालक मनोज महर्जन र बीएबी ००६४ नम्बरको निटिज बोर्डिङ स्कुल कुपण्डोलका भ्यान चालक भिमसेन नेपाली रहेका छन् ।

ट्राफिक प्रहरीको नियमित चेकिङमा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ८ जना स्कुल बसका चालक समेत कारबाहीमा परेका छन् । मदिरा पिएर स्कुलका सवारी साधन चलाएका चालकलाई नियन्त्रणमा लिई नियम अनुसार कारबाही गरेर सम्बन्धित स्कुललाई जानकारी गराई अर्को चालकमार्फत् विद्यार्थीहरुलाई गन्तव्यमा पठाईएको काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गएको साउन ८ गते देखि स्कुल बस चेक जाँच गर्ने अभियान सञ्चालन गर्दै आएको छ । हालसम्म १ सय १७ वटा स्कुल बसका चालकहरू कारबाहीमा परिसकेका छन् । जस मध्ये मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने २२ वटा र अन्य ट्राफिक नियम उल्लघंन गर्ने ९५ वटा स्कुल बसका चालकहरुलाई ट्राफिक प्रहरीले कारबाही गरि सकेको छ ।

प्रकाशित मिति: २०७९,श्रावण,२९,आईतवार १७:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मासु पारखीहरूको रोजाइमा पर्ने परिकार हो, चिकेन रोस्ट । हरेक उमेरसमूहका मानिसले रोस्ट मन पराउँछन् । रोस्ट बनाउन पनि एकदमै

काठमाडाैं । मासुका लागि पशुपंछी खरिद गर्दा स्वस्थ पशुपंछी छान्ने । र्या‍ल, सिँगान बगेका र शरिरमा दाग, खटिरा भएका पशुहरु

दसैँको रौनकले नेपालीलाई छपक्कै छोपेको छ । दसैँको मूख्य रोचक पक्ष भनेको एकसरो नयाँ कपडा लगाउने, पिङ खेल्ने, मामाघर जाने,

मांसाहारीलाई सुकुटी मन नपर्ने त कुरै भएन । हरेक उमेर समूहका मानिसलाई यो पक्कै पनि मनपर्न सक्छ । नेपालमा मुख्यतः

ताजा समाचार

दसैँ बिदामा सेयर बजारको अध्ययन गर्ने कि ?
 २०७९,आश्विन,१८,मंगलवार १७:४०
यादवको रवैयाले पर्सामै कमजोर बन्दै जसपा
 २०७९,आश्विन,१८,मंगलवार १६:४४
थारु समुदायमा यसरी मनाइन्छ दसैँ
 २०७९,आश्विन,१८,मंगलवार १५:२४