काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका छैठौं तहका अधिकृत दीपेन्द्र बुढाक्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग घुस लिएको अभियोगमा क्षेत्रीविरुद्ध ४४ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा चलाएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा गत साउन १ गते उनलाई सुखडबाट नियन्त्रण लिएको थियो । आयोगका अनुसार, बुढाक्षेत्रीले सामानको बिल भुक्तानी गर्न सेवाग्राहीसँग घुस माग गरी १४ हजार रुपैयाँ बैंक खातामा ट्रान्सफर गर्न लगाएका थिए ।
त्यसअतिरिक्त आयोेगले ३० हजार रुपैयाँ अभियुक्तको साथबाट बरामद गरेको थियो । आयोगले बैंक ट्रान्सफर र बरामद रकमलाई बिगो कायम गर्दै जरिवाना र कैद सजाय हुन मागदाबीसहित अभियोगपत्र दायर गरेको हो ।
क्षेत्रीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको भन्दै आयोगले बिगो रु ४४ हजारसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद तथा जरिवानाको सजायको माग दाबी गर्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको हो । अदालतबाट घुस लिएको ठहरिएमा अभियुुक्तले राज्यबाट पेन्सन सुविधा पाउने छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया