लागूऔषध बोक्ने सात जना पक्राउ

लोकपथ
52
Shares

काठमाडौं । झापा, बर्दिया, कास्की र कैलालीमा लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको विर्तामोड नगरपालिका–४ का ४० वर्षीय उमेश चौधरी र सोही नगरपालिका–३ डेरा गरी बस्ने २७ वर्षीया प्रतिक्षा चौधरीलाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई हिजोे पक्राउ गरेको प्रहरीले बताएको छ ।

उमेशको साथबाट ४ ग्राम २ सय मिलिग्राम तथा प्रतिक्षाको साथबाट ५ ग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको हो । त्यस्तै, बर्दियाको मधुवन नगरपालिका–७ तारातालबाट २ सय ५० मिलिग्राम ब्राउन सुगरसहित सोही ठाउँका १९ वर्षीय पवन महत लगायत ३ जनालाई शनिबार प्रहरीले समातेको छ ।

प्रहरी चौकी तारातालबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । उता, कास्कीको पोखरा महानगरपालिका–३० पावरहाउस चोकबाट पनि एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका सनही घर भएका २० वर्षीय दिपेश लोहार छन् । उनलाई हिजो प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट २ सय एम्पुल नुर्फिन, २ सय एम्पुल डाईजेपाम र २ सय एम्पुल फेनारगन बरामद गरिएको प्रहरीले जनाएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीबाट करिब ४ सय मिलिग्राम खैरो हेरोईनसहित सोही ठाउँका सेती महाकाली होटलकी सञ्चालक ५० वर्षीया बिमला केसीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी जाँच गर्ने क्रममा बिमलालाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?