मापसे गरेर कुटपिट, एकको मृत्यु चार जना पक्राउ

लोकपथ
195
Shares

काठमाडौं । गोरखामा एक युवाको कुटपिटबाट मृत्यु भएको छ । पालुङटार नगरपालिका–५ धरमपानीका ३५ वर्षीय बुद्धि बहादुर बिकको कुटपिटबाट मृत्यु भएको हो ।

मृतक बिकलाई कुटपिट गरेको घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँका ३४ वर्षीय राम शरण बिक लगायत ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा गम्भीर घाइते भएका बुद्धि बहादुरको आँपपिपल अस्पताल पालुङटारमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको जनाएको छ । अहिले घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान प्रकृया अगाडी बढाएकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?