दीपकराज जोशीमाथिको महाअभियोग स्वीकार्य नहुने काङ्ग्रेस र राजपाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीको पक्षमा उभिएका छन् । प्रमुख प्रतिपक्षी यी दुई दलले जोशीलाई महाअभियोग लगाउने कुरा आफूहरुलाई स्वीकार्य नहुने जनाएका छन् ।

आज बसेको राष्ट्रि सभा बैठकमा नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी र राजपाका सांसाद वृषेशचन्द्र लालले न्यायाधीश जोशीको पक्ष बोलेका थिए ।

नेकपाले भने जोशीविरुद्ध महाअभियोग लगाउने हस्ताक्षर संकलन गरेको छ । कांग्रेसका सांसद अधिकारीले संसदमा भने, ‘जोशीविरुद्ध महाअभियोगको तयारीको समाचार आइरहेको छ, हस्ताक्षर संकलन गरिँदैछ, सादा कागजमा हस्ताक्षर गरिएको छ, वास्तविकता के हो?’

साथै उनले यसबारेमा संसदमा जानकारी गराउनुपर्ने पनि बताए । अधिकारीले आफूले जस्तो गल्ती नदोहो–याउन सचेत पनि गराए । ‘पछिल्लो समय कांग्रेसले महाअभियोग ल्याएको थियो तर चुनावमा नराम्ररी पराजित भयो, सत्ता पक्षले हामीले गरेको गल्ती नदोहो–याओस् ।’, सांसद अधिकारीले भने ।

यस्तै राजपाले पनि जोशीलाई महाअभियोग लगाउने कुरा स्वीकार्य नहुने बतायो । ‘दीपकराज जोशीले सबै प्रक्रिया पूरा गरेर न्यायाधीश भका हुन्, संसदको सर्वोच्चतालाई जोशीले स्वीकार गरेका छन्, संसदले स्वीकार गरेको प्रधानन्यायाधीशँग बसेर काम गर्नु त्यो ठूलो कुरा हो ।’, राजपाका सांसद वृषेशचन्द्र लालले भने, ‘राजपाले महाअभियोग स्वीकार गर्दैन ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?