आगामी निर्वाचनका लागि १० अर्ब खर्च हुने अनुमान

लोकपथ
78
Shares

काठमाडौं । आसन्न मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि १० अर्ब खर्च हुने अनुमान गरिएको छ । निर्वाचन आयोगले आइतबार सम्पादकहरुसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अनुमानित १० अर्ब खर्च हुने बताएका हुन् ।

निर्वाचन आयोगले दिएको सुझाबका आधारमा सरकारले एकै चरणमा निर्वाचनको मिति घोषणा गरेको थियो । निर्वाचनका लागि आयोगले आवश्यक तयारीसमेत गरिरहेको छ ।

आगामी निर्वाचनका लागि कुल मतदाता करिब १ करोड ८२ लाख रहेको पनि निर्वाचन आयोगले जनाएको छ । मतदान स्थल करिब १० लाख ८२५ र मतदान केन्द्र अस्थायी बाहेक करिब २२ हजार ५०० रहेको जानकारी पनि आयोगले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?