काठमाडौं । संघीय संसदको दुई संयुक्त समितिको सभापतिमा लक्ष्मणलाल कर्ण र निरादेवी जैरु निर्विरोध चयन भएका छन् ।
संसदीय सुनुवाई समितिमा राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्ण निर्विरोध निर्वाचित भएका छन् भने राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेपाल कम्युनिष्ट पार्टीकी निरादेवी जैरु निर्विरोध निर्वाचित भएकी हुन् ।
संयुक्त समितिको सभापतिको नाम टुंगो लागेसँगै संघीय संसदका १६ वटै समितिले सभापति भएका छन् ।
राष्ट्रिय सभामा ४ वटा समिति रहेका छन् भने प्रतिनिधि सभा तर्फ १० वटा समिति छन् ।
त्यस्तै दुई वटा संयुक्त समिति रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया