सामाजिक सहानुभूति क्लबद्वारा आयोजित सरसफाई कार्यक्रम सम्पन्न

लोकपथ
1.3k
Shares

काठमाडौं । सामाजिक सहानुभूति क्लबले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । युवा सक्रियता मार्फत युवा रुपान्तरणको नारासहित क्लबले आज (शनिबार) ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा सरसफाई गरेको हो ।

No description available.

बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म क्लबले मन्दिर परिषरमा सरसफाई गरेको थियो । समाज रुपान्तरणका विभिन्न लक्ष्य र योजना राखेको क्लबले आफ्ना कार्यक्रमहरु अब चरणबद्धरुपमा अगाडी बढाउने बताएको छ ।

No description available.

सरसफाई कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष सुवास वि.क.ले विभिन्न सामाजिक कार्यहरु गर्ने लक्ष्य राखेको बताए । उनले क्लबले आज सरसफाई कार्यक्रम गरेको बताउँदै विभिन्न सरकारी विद्यालयहरुमा छिट्टै पुस्तकालय निमार्ण गर्ने पनि बताएका छन् ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?