थप २६३ जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु

लोकपथ
260
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १ सय ६५ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट १ सय ६२ जना र एन्टिजेन विधिबाट १ सय १ जनामा संक्रमण पुष्टि भएको हो ।

उक्त समयमा कोभिड–१९ को सङ्क्रमणबाट थप २ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कोभिडबाट ११ हजार ९ सय ८६ को मृत्यु भइसकेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ५ सय १ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

अहिले देशभर सक्रिय सङ्क्रमितको संख्या ५ हजार ४ सय ३४ पुगेको छ भने आज मात्रै थप १ लाख २७ हजार ३ सय २१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?