अरिङगालको गोला पोल्दा घाइते भएका कुमालको मृत्यु

लोकपथ
65
Shares

काठमाडौं । तनहुँमा अरिङगालको गोला पोल्ने क्रममा घाइते भएका युवाको मृत्यु भएको छ । साउन २६ गते विहिबार बेलुका सेति नदीको किनारमा सिसौको रुखमा रहेको अरिङगालको गोला पोल्ने क्रममा घाइते भएका म्याग्दे गाउँपालिका ५ छाङपाटनका ३१ बर्षीय टोप बहादुर कुमालको मृत्यु भएको हो ।

अरिङगालले टोकेर घाइते बनाएका कुमाललाई उपचारका लागी शुभलक्ष्मी पोलिक्लिनिक भिमाद हुदै थप उपचारको लागी गण्डकी अस्पताल पोखरा पठाएको थियो । तर, घाइते कुमालको उपचारको क्रममा आज बिहान करिब ९ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?