गैरआवासीय नेपाली संघ बेलायत कार्यालयको बिजुली काटियो

लोकपथ
104
Shares

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायत कार्यालयको बिजुली काटिएको छ । एनआरएनए यूकेका कोषाध्यक्ष विष्णु खरेलले दिएको जानकारी अनुसार बिजुलीको पैसा निकासा नगरिदिँदा अल्डरसटस्थित संघको कार्यालयको बिजुली लाइन काटिएको हो ।

बिजुलीको बिल नतिर्दा जुलाईदेखिनै कार्यालयको बिजुली काटिएको छ । गैरआवासिय संघ (लण्डन) ले झण्डै २५ सय पाउण्ड बिल तिर्न बाँकी रहेको खरेलले बताए । जुन नेपाली रुपैयाँमा ३ हजार ८ सय ७५ हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?