काठमाडौं । स्याङजामा एक वृद्धको लडेर मृत्यु भएको छ । आँधिखोला गाउँपालिका २ रंगेठाटीका अन्दाजी ६१ बर्षीय देवनारायण सार्कीको लडेर ज्यान गएको हो ।
आज बिहान घाँस काट्न भनेर गएका सार्की आफ्नो घरदेखि करिब २ किलोमिटरको दूरीमा रहेको पाखोबारी (खरबारी)मा घाँस काट्ने क्रममा लडेका थिए ।
उनि करिब पौने एघार बजेको समयमा खरबारीबाट झण्डै ७०/८० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले बताए । खनालका खनुसार सार्कीको घटनास्थलमानै मृत्यु भएका थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया