छोराको घर जान्छु भन्दै हिडेका वृद्ध मृत भेटिए

लोकपथ
325
Shares

काठमाडौं । स्याङजाको वालिङ नगरपालिका-९ भुषालथोकबाट हराएका एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । साउन २६ गते विहिबार छोराको घर जान्छु भन्दै हिडेका ६५ बर्षीय पुर्ण बहादुर न्यौपाने क्षेत्री आज शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

मृतक पुर्ण बहादुर सोही नगरपालिका-१२ लामपातेस्थित छोराको घरमा जान्छु भनि हिडको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले बताए अनुसार उनको शव लामपाते स्थित गोरेटो बाटोबाट अन्दाजी ५० मिटर तल फेला परेको थियो ।

मृतक पुर्ण बहादुर सम्पर्कमा नआएको भन्दै प्रहरीमा उजुरी परेपछि प्रहरी अधिकृत सहितको टोलीले खोजतलास गर्दै जाँदा उनको शव फेला परेको खनालको भनाई छ । हाल घटनाको अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?