स्पेन दूतावासमा चुलियो आर्थिक अनियमितता

काठमाडौं-स्पेनस्थित नेपाली दूतावासले सार्वजनिक खरिद प्रक्रिया लत्याउँदै दूतावासलाई आवश्यक पर्ने सामग्री खरिद गर्ने गरेको खुलासा भएको छ ।

तेस्रो पक्ष बिमा नगरी सवारी खरिद गरेको दूतावासले ‘भिजिटिङ कार्ड’ र कार्यालयको ढोकामा राखिने ‘नेम प्लेट’ बनाउने खर्चसमेत पारदर्शी ढंगमा गरेको छैन । भिजिटिङ कार्ड र नेम प्लेट बनाउने खर्च गत आर्थिक वर्षमा निकासा भए पनि अहिलेसम्म त्यस्ता सामग्री तयार भएको छैन ।

दूतावास कर्मचारीसँग त्यहाँका नेपाली र अन्यले भिजिटिङ कार्ड माग्दा ‘कार्ड बन्ने प्रक्रियामा रहेकाले अहिले उपलब्ध गराउन सकिएन’ भन्ने जवाफ दिन्छन् ।

कार्ड र नेमप्लेट तयार गर्ने खर्च गत वर्ष नै निकासा हुँदा पनि कार्यालयमा आउन किन ढिलासुस्ती भन्ने जिज्ञासामा दूतावासका प्रथम सेक्रेटरी हरिहरकान्त पौडेल आश्चर्य मान्दै भन्छन्– ‘हो र, खै मलाई त यसबारेमा केही जानकारी नै भएन ।’ तर त्यस्ता सामग्रीको बिल फरक मितिमा निकासा भइसकेको छ । स्पेनको नियमअनुसार २ सय ४० युरोसम्मका समान खरिद गर्र्दा भ्याट फिर्ता हुने प्रावधान भए तापनि राजदूत भरत रायमाझीले त्यस्तो सुविधा प्रयोग नगरी दूतावासको आर्थिक भार बढाएको, मनोमानी ढंगबाट काम गरेको देखिएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?