१८ आश्विन २०७९, मंगलवार

भदौ ५ गतेदेखि ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइँदै

२०७९,श्रावण,२७,शुक्रवार २१:३०

90
Shares

काठमाडौं ।बसरकारले भदौ ५ गतेदेखि दोस्रो चरणअन्तर्गत बाँकी रहेका ५० जिल्लाका बालबालिकालाई लक्षित गरेर खोप अभियान सुरु गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकालाई लक्षित गरेर खोप अभियान सुरु हुने भएको हो । मन्त्रालयले भदौ ५ देखि ११ गतेसम्म पहिलो र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्र खोप दिने जनाएको छ । भोजपुर, धनकुटा, खोटाङ, ओखलढुङ्गा, पाँचथर, शंखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेहथुम र उदयपुरमा खोप सञ्चालन हुने छ । मधेश प्रदेशका बारा रौतहट, सर्लाही गरी तीन जिल्ला र बाग्मती प्रदेशका रामेछाप, दोलाख, धादिङ, नुवाकोट, रसुवा सिन्धुपाल्चोक गरी ६ जिल्लामा खोप अभियान सञ्चालन हुने छ ।

गण्डकी प्रदेशका बाग्लुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँमा खोप अभियान सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।

लुम्बिनी प्रदेशमा कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा, पूर्वी रुकुम छन् भने कर्णली प्रदेशमा पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख र जाजरकोटमा खोप लगाइने छ ।

सुदूरपश्चिम प्रदेशमा अछाम, डोटी, बाजुरा, बैतडी र दार्चुला जिल्लामा खोप अभियान सञ्चालन हुनेछ । बच्चालाई दिइने फाइजरको खोप सुरक्षित भएकाले ढुक्कासँग आफ्नो बच्चालाई खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति: २०७९,श्रावण,२७,शुक्रवार २१:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

यतिबेला दसैँको माहोलले गाउँसहरलाई छपक्कै छोपिसकेको छ । सबै परिवार एकै ठाउँमा जम्मा भएर मीठो खाने, राम्रो लगाउने अनि रमाइलो

रौतहट । रौतहटमा धामीझाँक्रीहरुले प्रसाद र भाकल बापत बोका चढाउने नाउँमा ब्रहमलुट मचाएका छन । भाकल दिने नाउँमा करोडौंको बोकाको

काठमाडौं । यस वर्षको दसैँ वर्षामय हुने भन्दै शतर्क रहन विज्ञहरुले सुझाएका छन् । हाल मनसुनको न्युन चापिय रेखा सरदर

लमजुङ । मासु खाँदा घाँटीमा हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका ९ का वर्ष ४५

ताजा समाचार

दसैँ बिदामा सेयर बजारको अध्ययन गर्ने कि ?
 २०७९,आश्विन,१८,मंगलवार १७:४०
यादवको रवैयाले पर्सामै कमजोर बन्दै जसपा
 २०७९,आश्विन,१८,मंगलवार १६:४४
थारु समुदायमा यसरी मनाइन्छ दसैँ
 २०७९,आश्विन,१८,मंगलवार १५:२४