निशुल्क शिक्षा : स्रोत बन्द, गुणस्तरमा प्रश्न

काठमाडौँ– त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयको वार्षिक खर्च पाँच करोड रुपैयाँ छ । त्यसमध्ये सरकारले वार्षिक एक करोड ६० लाख रुपियाँ उपलब्ध गराउँदै आएको छ । विद्यालय सञ्चालन गर्न अपुग हुने साढे तीन करोड रुपियाँ विद्यार्थीबाटै उठाइन्छ । ।गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन जारी भएपछि विद्यार्थी वा अभिभावकबाट कुनै पनि शीर्षकमा शुल्क उठाउन नपाउने व्यवस्थाले अहिले विद्यालयका पदाधिकारीलाई तनाव थपिएको छ ।
देशभरिका सामुदायिक विद्यालयतर्फ सर्वाेत्कृष्ट भएपछि भदौ २३ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुरस्कृत गरेको विश्व निकेतन माविमा ७० जना शिक्षक तथा कर्मचारी निजी स्रोतका छन् । विद्यार्थीबाट शुल्क नै उठाउन नपाइने भएपछि ती शिक्षक कर्मचारीलाई बिदा गर्नुबाहेकको विकल्प अब विद्यालयसँग छैन ।
विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले गुणस्तरका लागि भनेरै निजी स्रोतमा शिक्षक राख्नु परेको बताए । तत्कालै थप स्रोत कतैबाट उपलब्ध हुने अवस्था छैन, अब विद्यालय भताभुङ्ग हुन्छ, गुणस्तर कायम गर्न सकिन्न भने बरु विद्यालय नै बन्द गर्ने कि भन्ने सोच्ने बेला भएको छ, प्रधानाध्यापक कँडेलले भने ।
ऐनले देशभरिका अधिकाँश सामुदायिक विद्यालयका पदाधिकारीमाथि चिन्ता थपिदिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?