युवा क्लबकाे सक्रियतामा सरसफाई गरिँदै

लोकपथ
572
Shares

काठमाडौं । सामाजिक सहानुभूति युवा क्लबले भोलि (शनिबार) सरसफाई गर्ने भएको छ । क्लबले ललितपुरको पाटन मन्दिरस्थित सरसफाई कार्यक्रम गर्ने भएको क्लबका अध्यक्ष सुवास असरपतिले बताए ।

उनका अनुसार ‘युवा सक्रियता मार्फत समाज रुपान्तरण’ भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना गरिएको हो । उक्त सरसफाई कार्यक्रम भोलि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म हुनेछ ।

समाज रुपान्तरणका विभिन्न लक्ष्य र सपना बोकेको क्लबले सरसफाई कार्यक्रममा सहभागि हुनसमेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?