१८ आश्विन २०७९, मंगलवार

निहारिकाले गरिन् पेट्रोल खन्याएर आत्मदाहको प्रयास, प्रहरीले लियो नियन्त्रणमा

२०७९,श्रावण,२७,शुक्रवार १६:१२

72
Shares

काठमाडौं । आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित आन्दोलनरत २० वर्षकी निहारिका राजपुतले राष्ट्रपति भवन शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकी छिन् । राष्ट्रपति भवनअघि आत्मदाह गर्ने भन्दै उनले शरीरमा पेट्रोल खन्याएकी थिइन् । तर प्रहरीले उनलाई आत्मदाह गर्न नदिइ पक्रेको छ ।

राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी थिइन् । घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग छ । गत आइतबार बिहान सर्वोच्च अदालत परिसरबाट पनि उनी पक्राउ परेकी थिइन् ।

आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको भनाइ छ । तर जिल्ला अदालत धनुषाले २४ माघ २०७८ मा श्रेष्ठलाई सफाइ दिएको छ । त्यसविरुद्ध उनी उच्च अदालत जनकपुर पुगेकी छन् । मुद्दा अदालतमा विचाराधीन छ ।

यसअघि गत जेठ २७ देखि एक महिनासम्म न्यायका लागि आमरण अनसनमा बसेकी निहारिका र गृह मन्त्रालयबीच पाँच बुँदे सहमति भएपछि उनले अनसन तोडेकी थिईन् ।

पीडक शिवराम श्रेष्ठ र निहारिकाका छोराको डीएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृहमन्त्रालयमार्फत पहल गर्ने, अनसनकर्ता र उनको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृहमन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, न्याय राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने लगायत राजपुत र सरकारबीच सहमति भएको थियो ।

प्रकाशित मिति: २०७९,श्रावण,२७,शुक्रवार १६:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१. नवरात्रको आज नवौं तथा अन्तिम दिन, दुर्गाको नवौं स्वरुप सिद्धिदात्री देवीको पूजाआराधना गरि मनाइयो, नवदुर्गाको प्रतिकको रुपमा नौ कन्याहरूको

काठमाडौं । चाडबाडको समयमा अझ दसैंको समयमा पारिवारिक जमघट त हो नि भनेर जथाभावी खाँदा वा आवश्यकता भन्दा बढी खाँदा

यतिबेला दसैँको माहोलले गाउँसहरलाई छपक्कै छोपिसकेको छ । सबै परिवार एकै ठाउँमा जम्मा भएर मीठो खाने, राम्रो लगाउने अनि रमाइलो

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यक्तिमुखी र स्वार्थी रवैयालाई प्रवद्र्धन गरेको भन्दै मधेस राजनीति र आन्दोलनको

ताजा समाचार

दसैँ बिदामा सेयर बजारको अध्ययन गर्ने कि ?
 २०७९,आश्विन,१८,मंगलवार १७:४०
यादवको रवैयाले पर्सामै कमजोर बन्दै जसपा
 २०७९,आश्विन,१८,मंगलवार १६:४४
थारु समुदायमा यसरी मनाइन्छ दसैँ
 २०७९,आश्विन,१८,मंगलवार १५:२४