थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

लोकपथ
65
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४ हजार ७१२ जनाको परीक्षणमा ७८१ जनामा संक्रमण पुष्टि भएको हो ।

२ हजार २१९ जनाको पीसीआर परीक्षण गर्दा ४१९ जना र २ हजार ४२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ७७५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५११ जना संक्रमणमुक्त भएका छन् । जसमध्ये ५ हजार ५६५ जना होम आइसोलेसनमा रहेका छन् भने २१० जना संस्थागत आइसोलेसन र ६३ जना आईसीयूमा छन् । यस्तै ८ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३९ हजार २२६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?