सडक खाल्डाखुल्टी नपुरिँदा यात्रुलाई सास्ती, सम्बन्धित निकायले चासो नदिएको गुनासो

लोकपथ
52
Shares

काठमाडौं । पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्डमा रहेका खाल्डाखुल्टीका मर्मत नहुँदा दैनिक जसो दुर्घटनाका घटना बढ्दै गएका छन् । मोरङको उर्लाबारी नगरपालिकामा रहेको पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पथरी–उर्लाबारीबीचको सडक खण्डमा झण्डै सात महिनादेखि पिच गरिएको ठाउँमा भएका खाल्डाखुल्टी नपुर्दा सवारी र यात्रु दुवैले सास्ती व्यहोर्दै आउनुपरेको हो ।

सात महिना अघिदेखि यस्तो समस्या हुँदासम्म सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयको गुनासो छ । बाटामा भएका खाल्डाखुल्टीका कारण यात्रुहरु दैनिक दुर्घटनामा पर्ने गरेका छन् । उक्त खाल्डाखुल्टीका कारण हुने दुर्घटनाबाट यातायातहरुमा ठूलो क्षति भएको स्थानीयहरु बताउँछन् । यही बाटो दैनिक हिँड्ने चालकहरुले यस क्षेत्रमा डरमा सवारी गुडाउनुपरेको बताउँछन् ।

उनीहरुले विगत पाँच महिना यता सडकको स्थिति दयनीय रहेको बताए । बाटो मर्मत हुन नसक्दा कुनैपनि बेला दुर्घटना हुने बताए । स्थानीय सरकारले लापरबाही गरेर मर्मतसंहार नगर्दा सडक दुर्घटनाबाट हरेक दिन जसो दुर्घटना हुने गरेको बताए । उनीहरुले सडक निर्माण गरेको ६ महिना नबित्दै खाल्डाखुल्टी हुने समस्या रहेको जानकारी दिएका छन् ।

उक्त बाटो हुँदै दैनिक प्रदेश सरकारका संसद, मन्त्री र मुख्यमन्त्री हिँड्ने गरेपनि आवश्यक चासो नदिएको स्थानीयहरु बताउँछन् । बाटो भत्किएकै क्षेत्र उर्लाबारी ३ मंगलबारेमा सडक विभागको कार्यलय छ । तर, सडको अवस्था न सांसदले देख्छन् न त सडक विभागले नै हेर्छ । कार्यलय परिसरमा सडक आसपास राखिने ठूलठूला बोर्ड र कार्यलयको अवस्था भने झारै झारले भरिएको र माकुराको जालै जालोले भरिएको छ । कार्यलय नामको मात्रै रहेको पनि स्थानीय बताउँछन् ।

देशकै मुख्य बाटोको हालत यस्तो हुँदासम्म कुनै पक्षबाट चासो दिएको देखिँदैन। दैनिक हजारौंको संख्यामा गाडी गुड्ने बाटोको यो अवस्थाले स्थानीयहरु हरेक दिनजसो सडक दुर्घटनामा हुने गरेको बताउँछन् । यही बाटो भएर धेरै यातायात जिल्लाको सदरमुकाम विराटनगर र देशको संघीय राजधानी काठमाडौं जाने गरेका छन् । यही बाटोमा ठाउँठाउँमा पटके कर र ट्राफिक चेकिङ हुन्छ । तर बाटोले भने मर्मतसम्म पाएको छैन । महिनौंदेखि साना सवारी फस्ने खाल्डाखुल्टी हुँदासम्म तीनै तहका सरकार मौन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?