१७ आश्विन २०७९, सोमवार

धनुषामा १२ हजार मतदाता थपिए

२०७९,श्रावण,२७,शुक्रवार १४:०७

45
Shares

जनकपुरधाम । गत वैशाखमा भएको स्थानीय निर्वाचन तहको निर्वाचनपछि धनुषामा १२ हजार १७ नयाँ मतदाता थपिएका छन् । जनकपुरधामस्थित निर्वाचन आयोगका प्रदेश कार्यालयका अनुसार जिल्लामा ६ हजार ९९८ पुरुष र ५ हजार १९ जना महिला गरि १२ हजार १७ नयाँ मतदाता थपिएका हुन् ।

थप गरिएको मतदातामध्ये ४५० जना अन्य जिल्लाका मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण राउतले जानकारी दिए । बाहिर जिल्लाका ४५० मतदातामध्ये ३१२ पुरुष र १३८ महिला रहेका छन् ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनसम्म धनुषामा ४ लाख ६७ हजार ३८८ मतदाता रहेका थिए । स्थानीय तहको निर्वाचनपछि जिल्लामा फोटोसहितको मतादाता नामावली बन्द गरिएको थियो । त्यसपछि गत १ असारदेखि पुनः नयाँ मतादाता नामावली संकलन गरिएको थियो ।

अहिले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा भएपछि पुनः मतादाताको नामावली संकलन कार्य बन्द भएको उनले बताए । जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय यदुकोहामा गरी तीन स्थानमा नामावली संकलन गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा २ हजार ५३९ पुरुष र १ हजार ४७४ महिला गरी कूल ४ हजार १३ , जिल्ला निर्वाचन कार्यालयमा ३ हजार ११८ पुरुष र २ हजार ६७७ महिला गरी कूल ५ हजार ७९५ र इलाका प्रशासन कार्यालय यदुकोहामा १ हजार ३४१ पुरुष र १ हजार ४५ महिला गरी २ हजार ३८६ नयाँ मतदाता थपिएका हुन् ।

जिल्लामा १२ हजार १७ मतदाता सख्या थपिए पनि कुल मतदाताको संख्या आयोगले रुजु गरेपछि मात्रै एकिन हुने अधिकारी राउतले बताए ।

प्रकाशित मिति: २०७९,श्रावण,२७,शुक्रवार १४:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । मासुका लागि पशुपंछी खरिद गर्दा स्वस्थ पशुपंछी छान्ने । र्या‍ल, सिँगान बगेका र शरिरमा दाग, खटिरा भएका पशुहरु

दसैँको रौनकले नेपालीलाई छपक्कै छोपेको छ । दसैँको मूख्य रोचक पक्ष भनेको एकसरो नयाँ कपडा लगाउने, पिङ खेल्ने, मामाघर जाने,

मांसाहारीलाई सुकुटी मन नपर्ने त कुरै भएन । हरेक उमेर समूहका मानिसलाई यो पक्कै पनि मनपर्न सक्छ । नेपालमा मुख्यतः

काठमाडौं । छोयला भन्ने वित्तिकै नेवारी खाजाको झ–झल्को आइहाल्छ । छोयलाबिनाको नेवारी खाजा अपुरो मानिन्छ । विशेषत: नेवारी समुदायबाट आएको

ताजा समाचार

निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने
 २०७९,आश्विन,१७,सोमवार १६:१२
मासुबारे यी कुरा जानी राखौँ
 २०७९,आश्विन,१७,सोमवार १५:०८
कलाकारको दसैँ : कसको योजना के ?
 २०७९,आश्विन,१७,सोमवार १४:२९
पुस्तकप्रेमीका दसैँ योजना
 २०७९,आश्विन,१७,सोमवार १२:००
पोखरा–बागलुङ-बेनी सडकमा ‘टाइमकार्ड’
 २०७९,आश्विन,१७,सोमवार ११:१५