वीरगञ्जमा श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ

लोकपथ
35
Shares

वीरगञ्ज । श्रीमती हत्याको आरोपमा पर्सामा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २३ ईटियाहीका दिनेशप्रसाद यादव छन् । उनले २३ वर्षकी श्रीमती प्रतिमाकुमारी यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता प्रल्हाद कार्कीकाअनुसार उनले घाँटी थिचेर श्रीमतीको हत्या गरेको भन्दै बिहान ४ बजे वडा प्रहरी कार्यालय श्रीपुरमा सूचना आएको र त्यसपछि श्रीपुर तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । मृतकको शव जाँच प्रकृति मुचुल्का गरी पोस्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?