काठमाडौं । नेपाली कांग्रेस विधान संशोधान प्रारम्भिक मस्यौदा तयार भएको छ ।
तीन वटा उपसमितिले दिएको सुझावको आधारमा विधान संशोधन प्रारम्भिक मस्यौदा तयार भएको हो ।
शनिबार काठमडौंमा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेस विधान संशोधन मस्यौदा समितिले विधान संशोधन प्रारम्भिक मस्यौदा तयार गरिएको जानकारी दिएको हो ।
समितिका प्रवक्ता रमेश लेखकका अनुसार संविधानले व्यवस्था गरेको संरचना अनुसार पार्टी विधान संशोधन प्रारम्भिक मस्यौदा तयार पारेको बताए ।
त्यस्तै पार्टीका महामन्त्री एवं विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले संघीय ढाँचा अनुसार पार्टीको संरचना तयार पार्न नेपाली कांग्रेसले विधान संशोधन मस्यौदा तयारीको कामलाई अघि बढाएको बताए ।
विधानको प्रारम्भिक मस्यौदालाई अन्तिम रुप दिन सोमबारदेखि शुक्रबारसम्म प्रदेशस्तरीय छलफल कार्यक्रम पनि राखिएको संयोजक खड्काले दिए ।
१२ वटा स्थानमा आयोजना हुने सो छलफल कार्यक्रममा सभापति शेरबहादुर देउवासहितका नेताहरु सहभागी हुने छन् । प्रदेश स्तरीय छलफलपछि विधानलाई अन्तिम रुप दिइने समितिको योजना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया