चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने विश्वास दिलाएँ : परराष्ट्रमन्त्री खड्का

लोकपथ
91
Shares

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले एक चीन नीतिप्रति नेपालको दृढ प्रतिवद्धता आफूले दिलाएको बताएका छन् ।

चीन भ्रमण सकेर बिहीबार राति स्वदेश फर्किएका उनले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने विश्वास दिलाएको बताएका हुन् ।
चिनियाँ विदेशमन्त्रो वाङ यीसँगको भेटमा आफूले एक चीन नीतिप्रति नेपालको दृढ प्रतिवद्धता रहेको जनाएको स्वदेश फर्किएपछि जारी गरिएको प्रेस नोटमा खड्काले उल्लेख गरेका छन् ।

उनले नेपाल र चीनबीच विगमा भएका सहमति र सम्झौतालाई गति दिन दुवै पक्ष तयार रहेको बताए ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा घोषणा भएको ३।५ बिलियन चिनियाँ युआन सहयोगको उपयोगबारे रचनात्मक कुरा भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?