बन्द भयाे तातोपानी र रसुवागढी नाका

लोकपथ
390
Shares
?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

काठमाडौं । नेपालतर्फका दुई स्थलनाकाहरु तातोपानी र रसुवागढी बन्द भएका छन् । छिमेकी मुलुक चीनको तिब्बती क्षेत्रमा कोरोना महामारी बढ्न थालेको भन्दै चीनले नाकाबन्द गरेको हो । स्रोतका अनुसार रसुवागढी नाकाबाट गत शनिवार र तातोपानी नाकाबाट बुधवारदेखि मालसामान आउन बन्द भएको छ ।

नाकाबन्दी एक साताका लागि भएको बताइएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले दिएको जानकारी अनुसार तिब्बतमा कोरोना महामारीको संक्रमणदरमा वृद्धि भएपछि चीनले नाकाबन्द गरेको हो । तिब्बत क्षेत्रमा कोरोनाको जोखिम घट्ने बित्तिकै नाका खोलिने सिडिओ जैसीको भनाई छ ।

जैसीले सम्भवत ७ दिनमा नाका खुल्ने अनुमान पनि गरेका छन् । चीनले पनि महामारी बढेको बताउँदै मुख्य सहरहरुमा लकडाउनको  घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?