१८ आश्विन २०७९, मंगलवार

हस्तकला प्रवर्द्धन तथा उद्यमशीलता विकास विषयक अन्तरक्रिया गोष्ठी सम्पन्न

२०७९,श्रावण,२६,बिहीवार २०:५३

45
Shares

काठमाडौं । बागमती प्रदेश उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट नेपाल हस्तकला महासंघको सहकार्यमा हस्तकला प्रवद्र्धन तथा उद्यमशीलता विषयक अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । आज नेपाल हस्तकला महासंघको कार्यालयमा बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्री मिलन बाबु श्रेष्ठको प्रमुख अतिथ्यता, मन्त्रालयकी राज्यमन्त्री रजनी अमात्य जोन्छे र बागमती प्रदेश सभाका सदस्य माधव पौडेल विशिष्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

मन्त्रालयका सचिव विश्व बाबु पुडाासैनीको सभापतित्व तथा उपत्यका भित्रका घरेलु तथा साना उद्योग कार्यालयका प्र्रमुखहरु, नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य, निवर्तमान अध्यक्ष सुरेन्द्र भाई शाक्य, वरिष्ठ उपाध्यक्ष सनम शाक्य, महासंघका उपाध्यक्षहरु दीपेन्द्र शाक्य, अमृत खड्का, किरण कुमार स्थापित, दिव्य तारा तुलाधर, दिल्ली रत्न तुलाधर र नविन शाक्य लगायतको आतिथ्यतामा कार्यक्रम भएको थियो ।

जिल्ला हस्तकला संघ तथा वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरु, अग्रणी निर्यातकर्ताहरु कलाकारहरु गरी ४५ जना सहभागी भएको अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेश र नेपाल हस्तकला महासंघको तर्फबाट छुट्टा छुट्टै प्रस्तुति गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला उद्योग व्यवसायले राष्ट्रिय अर्थतन्त्रमा पु¥याएको योगदान, देशमा विदेशी मुद्रा भित्रयाउन खेलेको भूमिका, रोजगारी, सिर्जना, बागमती प्रदेशमा हस्तकला ग्राम स्थापना सम्बन्धी ऐनको मस्यौदा र हस्तकला विकास नीतिको मस्यौदा तयार गरी बागमती प्रदेश सरकार समक्ष प्रस्तुत गरेको उनले उक्त अवसरमा जानकारी गराए ।

उनले सार्वजनिक निजी साझेदारीमा स्थापना हुन लागेको सार्क हस्तकला विकास केन्द्रको भवन तयार भई सकेको हुँदा उक्त केन्द्र जति सक्दो चाँडो सञ्चालन गर्न सहयोग गरिदिनको लागि पनि बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री समक्ष विशेष आग्रह गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलन बाबु श्रेष्ठले हस्तकला प्रवद्र्धन र उद्यमशीलता विकासको लागि प्रदेश सरकारले सक्दो सहयोग पु¥याउने वचन बद्धता व्यक्त गरे । उनले लघु, घरेलु तथा साना उद्योगको रुपमा रहेका हस्तकला उद्योगले रोजगारी सिर्जना र आय आर्जनमा खेलेको भूमिकाको प्रशंसा पनि गरे । साथै, देशमा यस किसिमका उद्योगबाट रोजगारीको प्रचुर संभावना भएकोले प्रदेश सरकार यी उद्योग व्यवसायहरुको प्रवद्र्धनमा संवेदनशील रहेको र यसमा उपत्यका भित्रका ३ वटै घरेलु तथा साना उद्योग कार्यालयहरुलाई सक्रिय भूमिका खेल्न निर्देशन दिए ।

विशिष्ट अतिथिको रुपमा बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य जोन्छे र बागमती प्रदेश सांसद तथा प्रदेश मामिला समितिका सभापति माधव पौडेलले पनि हस्तकला क्षेत्रको विकासमा नेपाल हस्तकला महासंघको भूमिका महत्वपूर्ण भएकोले यस क्षेत्रको समष्टिगत विकासको लागि प्रदेश सरकारले महासंघबाट सञ्चालन गरिने प्रवद्र्धन मुखि कार्यक्रमहरु सञ्चालनमा सहकार्य गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रमका सभापति तथा बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव विश्व बाबु पुडासैनीले गोष्ठीमा प्रस्तुत भएका सुझावहरु र नीतिगत तथा प्रकृयागत समस्याहरुको सम्बोधन गर्न प्रदेश सरकारले सक्दो भूमिका खेल्ने प्रतिबद्धता जनाए । उनले जिल्ला तथा वस्तुगत संघहरुको प्रतिनिधिमूलक छाता संस्था नेपाल हस्तकला महासंघसँग प्रदेश सरकारले सहकार्य गर्दा यसबाट यस क्षेत्रको प्रवद्र्धनका लागि परिणाममुखी नतिजा प्राप्त हुने विश्वास व्यक्त गरेका थिए ।

सम्पन्न गोष्ठीमा नेपाल हस्तकला महासंघका जिल्ला संघ तथा वस्तुगत संघका अध्यक्षहरुले आफ्नो संघसँग सम्बन्धित उद्योग व्यवसायका प्रवद्र्धनको लागि आ–आफ्नो क्षेत्रका समस्या र सुझावहरु प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: २०७९,श्रावण,२६,बिहीवार २०:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१. नवरात्रको आज नवौं तथा अन्तिम दिन, दुर्गाको नवौं स्वरुप सिद्धिदात्री देवीको पूजाआराधना गरि मनाइयो, नवदुर्गाको प्रतिकको रुपमा नौ कन्याहरूको

काठमाडौं । चाडबाडको समयमा अझ दसैंको समयमा पारिवारिक जमघट त हो नि भनेर जथाभावी खाँदा वा आवश्यकता भन्दा बढी खाँदा

यतिबेला दसैँको माहोलले गाउँसहरलाई छपक्कै छोपिसकेको छ । सबै परिवार एकै ठाउँमा जम्मा भएर मीठो खाने, राम्रो लगाउने अनि रमाइलो

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यक्तिमुखी र स्वार्थी रवैयालाई प्रवद्र्धन गरेको भन्दै मधेस राजनीति र आन्दोलनको

ताजा समाचार

दसैँ बिदामा सेयर बजारको अध्ययन गर्ने कि ?
 २०७९,आश्विन,१८,मंगलवार १७:४०
यादवको रवैयाले पर्सामै कमजोर बन्दै जसपा
 २०७९,आश्विन,१८,मंगलवार १६:४४
थारु समुदायमा यसरी मनाइन्छ दसैँ
 २०७९,आश्विन,१८,मंगलवार १५:२४