बैकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ

लोकपथ
169
Shares

काठमाडौं । बैकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं ३ घर भई हाल काठमाडौंको बसुन्धारा बस्दै आएका ५२ बर्षिय छत्र बहादुर रोक्का क्षेत्री पक्राउ परेका हुन् ।

जग्गा पास गरिदिन्छु भनि बैना रकम बुझेको तर जग्गा पास गर्न नसकेपछि आफ्नो बैना वापतको रकम फिर्ता गर्न ४० लाख रुपैयाँको चेक दिएकोमा उक्त चेक बाउन्स भई बैंकिङ कसुर सम्वन्धी मुद्दामा फरार रहेका क्षेत्रीलाई अपराध अनुसन्धान कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले आज बसुन्धारा क्षेत्रबाट पक्राउ गरेको हो ।

पक्राउ परेका क्षेत्रीलाई बैंकिङ कसुर मुद्दामा आवश्यक कारवाहीको लागि प्रहरी बृत नयाँ बानेश्वर पठाईएको अपराध अनुसन्धान कार्यालय मिनभवनले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?