कैलाली र धादिङमा दुई जना मृत फेला

लोकपथ
91
Shares

काठमाडौं । कैलाली र धादिङमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–१३ श्रीलंकास्थित सडक छेउमा गोदावरी नगरपालिका–५ बस्ने ५५ वर्षीय केशब बिक बुधबार मृत अवस्थामा फेला परेका छन् ।

धादिङको शिद्धलेक गाउँपालिका–४ कुईनेटारस्थित त्रिशुली नदीको किनारमा हाल पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?