९ वर्षपछि जनैपूर्णिमा र गाईजात्रा एकैदिन

लोकपथ
91
Shares

काठमाडौं । भक्तपुर र ठिमी नगरपालिकाले आज जनैपूर्णिमा र भोली गाईजात्रा मनाउनका लागि दुई दिने सार्वजनिक बिदा दिए पनि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने यो वर्षको जनैपूर्णिमा र गाईजात्रा शुक्रबार एकैदिन रहेको जनाएको छ ।

मुख्यतः काठमाडौं उपत्यकाका नेवार समुदायले जनैपूर्णिमा र गाईजात्रा क्रमशः बिहिबार र शुक्रबार दुई दिन लगातार हुने जनाएपछि पञ्चाङ्ग समितिले २७ साउन अर्थात शुक्रबार नै दुवै परेको भन्दै प्रेस विज्ञप्ति नै जारी गरेर स्पष्ट पारेको हो । पञ्चाङ्ग समितिले सो बारेमा भ्रममा नपर्न आग्रह गर्दै धार्मिक र परम्परा अनुसार आफ्ना धार्मिक कृत्य शुक्रवार एकैदिन गर्न गराउन समेत आग्रह गरेको छ ।

बिहीबार नै पूर्णिमा तिथि सुरु हुने भएपनि भद्रा पर्ने भएकाले भोलिपल्ट शुक्रबार जनैपूर्णिमा मनाउन तथा रक्षाबन्धन गर्न उचित हुने पञ्चाङ्ग समितिको भनाइ छ । यसअघि १९९४, २०२४, २०३०, २०३१, २०५५, २०६१ र २०७० सालमा पनि यस पालिको जस्तै अवस्था परेको र एकैदिन जनैपूर्णिमा र गाईजात्रा मनाइएको समितिले जनाएको छ । सोसँगै झन्डै ९ बर्ष पछि जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?