१० आश्विन २०७९, सोमवार

अछाममा सडक र पुल निर्माणको लागि प्रदेश सरकारबाट ७४ करोड बजेट

२०७९,श्रावण,२६,बिहीवार १०:४७

72
Shares

अछाम । सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले अछाममा चालू आर्थिक वर्ष २०७९/८० मा ७४ करोड बजेट विनियोजन गरेको छ ।

अछामका ५६ वटा योजना निर्माणका लागि ७३ करोड ७१ लाख बजेट प्राप्त भएको छ । पूर्वाधार विकास कार्यालय अछामबाट ती योजना सञ्चालन हुनेछन् । भौतिक पूर्वाधार विकास मन्त्रालयले सडक कालोपत्रेदेखि पक्कि पुल निर्माण, सडकको स्तरोन्नति र नयाँ ट्रयाक खुलाउन बजेट विनियोजन गरेको हो ।

जयगढ–माझेठाना– रामारोशन सडक कालोपत्रेका लागि २० करोड छुट्याएको पूर्वाधार विकास कार्यालय अछामले जानकारी दिएको छ ।

चिसापानी– जंगलघाट बाजुराको बडीमालिका जोड्ने सडकमा १४ करोड छुट्याएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले विनायक–लयाटी –पुल्लेलोला– रामारोशन सकडर चिसापानी–जंगलघाट –ऋषिदह–वाजुराको बडिमालीका सडक (गैरिटाँड–कालागाउँ–दर्ना खण्ड) ५/५ करोड विनियोजन गरेको छ ।

प्रकाशित मिति: २०७९,श्रावण,२६,बिहीवार १०:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

महोत्तरी । चुनाव नजिकिँदै गएसँगै नेताका पुराना रटानहरू पुनरावृत्ति भइरहेका छन् । उनीहरूको भाषणलाई मात्रै मान्ने हो भने त नेपाल

काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो

काठमाडौं । योग प्रेमी परिवार नेपालको दोस्रो वार्षिक साधारण सभाले भीम आचार्यलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । काठमाडौंमा योग

काठमाडौं । चाडपर्वलाई लक्षित गरेर लामो दूरीमा चल्ने सवारी साधनका चालकहरुलाई आज काठमाडौँको नयाँ बसपार्कमा फुलमाला लगाएर सुरक्षित यात्राको कामना

ताजा समाचार

एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौंता
 २०७९,आश्विन,१०,सोमवार १७:३८