१७ आश्विन २०७९, सोमवार

राष्ट्रिय युवा परिषदद्वारा आयोजित तीन प्रतियोगितामा नतिजा सार्वजनिक

२०७९,श्रावण,२६,बिहीवार ०७:३७

9
Shares

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा परिषदद्वारा आयोजित नेपाली गजल , टिकटक र युट्युब भिडियो प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ। परिषदद्वारा सार्वजनिक गरिएको नतिजा अनुसार गजल प्रतियोगितामा डोटीका समीर ओझा प्रथम , खोटाङका विक्रम चेतनशील राई द्वितीय , कास्कीका संयोग बस्याल तृतीय र झापाकी सरु आचार्यले सान्त्वना स्थान प्राप्त गरेकी छन् ।

यसैगरी युट्युव भिडियो प्रतियोगितामा कास्कीका अभ्यासराज चालिसे प्रथम , सुनसरीका तीर्थराज विश्वकर्मा द्वितीय , सुर्खेतकी प्रिशिला गिरी तृतीय र कपिलबस्तुका खुमबहादुर सुनारले सान्त्वना स्थान हासिल गरेका छन्।

यस्तै टिकटक प्रतियोगितामा काठमाडौंकी काजोल कार्की प्रथम , नवलपरासीका आश्विन परियार द्वितीय , दाङकी मनिषा परियार तृतीय र इलामका विनोद लोहारले सान्त्वना स्थान हासिल गरेका छन्।

सवै प्रतियोगितामा प्रथम हुनेलाई चालिस हजार , द्वितीय हुनेलाई ३० हजार , तृतीय हुनेलाई २० हजार र सान्त्वना स्थान हासिल गर्नेलाई १० हजार नगद पुरस्कार प्रदान गरिने राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए।

सप्ताहब्यापी कार्यक्रमका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाएको परिषदले विदेशवाट फर्किएका युवासंग उद्यम परिसंवाद , नव उद्यमी युवालाई अभिमुखीकरण , कर्णाली युवा संवाद , सरसफाइ लगायतका विविध कार्यक्रम आयोजना गरेको छ।

अगष्ट १२ गते अन्तर्राष्ट्रिय युवा दिवसको दिन तद्अनुसार श्रावण २७ गते राष्ट्रिय सभा गृहमा आयोजित मुल समारोहमा विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र दिइनेछ । समारोहमा प्रधानमन्त्री शेरवहादुर देउवाको उपस्थिति रहनेछ ।

प्रकाशित मिति: २०७९,श्रावण,२६,बिहीवार ०७:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गाउँघरमा बडा दसैँको रौनक छ । दसैँ खुसी र उमंगको चाड हो । देश विदेशमा रहेकाहरु दसैँमा गाउँघर फर्किन्छन् ।

मासु पारखीहरूको रोजाइमा पर्ने परिकार हो, चिकेन रोस्ट । हरेक उमेरसमूहका मानिसले रोस्ट मन पराउँछन् । रोस्ट बनाउन पनि एकदमै

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरी करिब २० हजार पर्यवेक्षक

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा।बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरेका छन् । गोरखाका मतदातालाई धन्यवाद दिंदै उनले

ताजा समाचार

बडा दसैँ : उत्साह उस्तै तर, परम्परा फरक
 २०७९,आश्विन,१७,सोमवार १७:५४
घरैमा चिकेन रोस्ट बनाउने सजिलो तरिका
 २०७९,आश्विन,१७,सोमवार १७:२०
निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने
 २०७९,आश्विन,१७,सोमवार १६:१२
मासुबारे यी कुरा जानी राखौँ
 २०७९,आश्विन,१७,सोमवार १५:०८
कलाकारको दसैँ : कसको योजना के ?
 २०७९,आश्विन,१७,सोमवार १४:२९
पुस्तकप्रेमीका दसैँ योजना
 २०७९,आश्विन,१७,सोमवार १२:००