१७ आश्विन २०७९, सोमवार

आफ्नाे पहिचानकाे खाेज्दै म्यानमार, मलेसिया, थाइल्यान्ड र फिजीमा रहेका ५ लाख नेपाली

२०७९,श्रावण,२५,बुधबार २१:२०

153
Shares

एजेन्सी । म्यानमार, मलेसिया, थाइल्यान्ड र फिजीमा रहेका पाँच लाखभन्दा बढी नेपाली पहिचानविहीन रहेका छन् । गैरआवासीय नेपाली संघ थाइल्यान्डका अध्यक्ष भबिन्द्र बस्नेतका अनुसार दोस्रो विश्वयुद्धमा सहभागी हुन ती ठाउँमा पुगेका नेपालीका सन्तान अहिले पहिचानको खोजीमा छन् ।

युद्धका बेला इस्ट इन्डिया कम्पनीले हजारौंको संख्यामा नेपालीलाई जापानविरुद्ध लड्न ती ठाउँमा लगेको थियो । युद्धपछि ती देशमा नेपाली बसोबास गर्न थालेको विश्वास गरिएको छ । नेपाल सरकारको ध्यान नपुग्दा लाखौंको संख्यामा नेपालीले पहिचान गुमाउनु परेको हो । उनीहरू नेपाली भाषी हुन्, आत्मसम्मानका लागि उनीहरूलाई सरकारले पिपुल अफ नेपाली ओरिजिन  (पिएनओ) परिचयपत्रको व्यवस्था गर्नुपर्ने अध्यक्ष बस्नेतले भनाइ छ । उक्त परिचयपत्रले नेपालबाट टाढिएका पुरानो र नयाँ पुस्तालाई नेपालसँग जोड्ने अध्यक्ष बस्नेतले बताए ।

नेपाली भाषीलाई परिचयपत्र राज्यले प्रदान गर्न सक्यो भने देशमा पर्यटन र लगानी लगायतको क्षेत्रमा महत्त्वपूर्ण सहयोग पुग्ने बस्नेतले बताए ।
‘दक्षिण एसियाबाहेकका देशमा बसोबास गर्ने नेपालीलाई गैरआवासीय नेपालीको परिचयपत्र दिएजस्तै ती ४ देशमा बस्ने नेपालीलाई पिएनओको परिचयपत्र दिन सकिन्छ,’ उनले भने, ‘ती मुलुकमा बसोबास गर्ने नेपालीलाई पीएनओको मान्यता दिलाउन पहल गर्न गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वयन परिषद् समक्ष माग गरेको छु ।’

बस्नेत र चौथो पुस्ताका कुमार कार्कीले संयुक्त रूपमा अगस्ट २८ तारिखमा बैंककमा हुने गैरआवासीय नेपाली संघको क्षेत्रीय सम्मेलनमा पिएनओका विषयमा कार्यपत्र प्रस्तुत गर्ने तयारी गरेका छन् ।

अधिकांश नेपाली भाषी नेपालीहरू बैंककदेखि ४ सय किलोमिटर टाढा रहेको म्यानमार र थाइल्याण्डको बोर्डरमा बसोबास गर्दै आएका छन् । उनीहरूको मुख्य पेसा कृषि हो । उनीको मुख्य आम्दानी आफ्नै रोजगारी, व्यवसायलगायत सिलाई कटाई, सुटिङ एण्ड टेलरिङ रहेको छ ।

गैरआवासीय नेपाली नागरिकले तेस्रो पुस्तासम्म नागरिकता पाउने संवैधानिक व्यवस्था गलत रहेको उनले बताए । बस्नेतका अनुसार दोस्रो विश्वयुद्धपछि बिना पासपोर्ट छिरेका ठूलो संख्यामा युद्धमा होमिएका नेपाली भाषीहरूको ६ पुस्तासम्म भेटिएको छ । त्यहाँ रहेका नेपालीहरूले नेपालमै जस्तो तीज, दसैँ, तिहार, छठ लगायतका नेपाली चाडपर्वहरू मनाउँदै आएका छन् । उनीहरूको सक्रियतामा फुकेटमा २० वर्षअघि नेपाली थाई मुलनीथी श्री भागवत धाम सनातन मन्दिरको स्थापना गरिएको थियो ।

प्रकाशित मिति: २०७९,श्रावण,२५,बुधबार २१:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा।बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरेका छन् । गोरखाका मतदातालाई धन्यवाद दिंदै उनले

काठमाडाैं । मासुका लागि पशुपंछी खरिद गर्दा स्वस्थ पशुपंछी छान्ने । र्या‍ल, सिँगान बगेका र शरिरमा दाग, खटिरा भएका पशुहरु

दसैँको रौनकले नेपालीलाई छपक्कै छोपेको छ । दसैँको मूख्य रोचक पक्ष भनेको एकसरो नयाँ कपडा लगाउने, पिङ खेल्ने, मामाघर जाने,

चाडपर्व भन्ने बित्तिकै दिमागमा सबैभन्दा पहिले आउने कुरा हो– किनमेल । त्यसमा पनि महान चाड दसैँमा किनमेलको लिस्ट लामै हुन्छ

ताजा समाचार

निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने
 २०७९,आश्विन,१७,सोमवार १६:१२
मासुबारे यी कुरा जानी राखौँ
 २०७९,आश्विन,१७,सोमवार १५:०८
कलाकारको दसैँ : कसको योजना के ?
 २०७९,आश्विन,१७,सोमवार १४:२९
पुस्तकप्रेमीका दसैँ योजना
 २०७९,आश्विन,१७,सोमवार १२:००
पोखरा–बागलुङ-बेनी सडकमा ‘टाइमकार्ड’
 २०७९,आश्विन,१७,सोमवार ११:१५