जग्गा भोगचलन मुद्दाका फरार प्रतिवादी समातिए

लोकपथ
156
Shares

काठमाडौं । सिन्धुलीबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जग्गा भोगचलन सम्बन्धी मुद्दामा फरार रहेका कमलामाई नगरपालिका १४ रानिबासका ६० बर्षीय मङगले माझि, सोही ठाउँका ३३ बर्षीया लक्ष्मी धामी र ३० बर्षकी उमा कुमरलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

उनिहरुलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले समातेको थियो । सिन्धुली जिल्ला अदालतको गत बर्षको भदौ १५ गते लगत नं. १५७३० फैसलाले प्रति ब्यक्ती २ हजार ५ सयका दरले जम्मा पचहत्तर सय जरिवाना गरिएको उनिहरु उक्त रकम नतिरि भागेका थिए ।

आज उनिहरुलाई रानिबास एरीयामा सार्वजनिक बाटोमा हिड्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको र फैसला कार्यान्वयनको लागि सिन्धुली जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?