बझाङमा एकै परिवारका तीन जना मृत फेला, हिजाेमात्रै भारतबाट घर आएका थिए श्रीमान

लोकपथ
520
Shares

काठमाडौं । पछिल्लो समय एकै परिवारका सदस्यहरुको मृत अवस्थामा फेला पर्ने घटना बढ्दो छ । काभ्रेस्थली र चितवनको घटना सेलाउन नपाउँदै फेरी बझाङमा एकै परिवारका ३ जना मृत अवस्थामा फेला परेका छन् ।

बझाङको बुंगल नगरपालिका ९ स्थित पुष्कर पार्कीका श्रीमतीगीता पार्की छोरी र छोरा मृत अवस्थामा भेटिएका हुन् ।उनीहरु एउटै रुखको हागामा झुण्डीएको अवस्थामा फेला परेका छन् ।

स्थानीयले मैकै बारीमा घाँस काट्न जाँदा शव देखेपछि प्रहरीलाई खबर भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीले लोकपथलाई जानकारी दिए ।

‘गीता पार्की डोरी, छोरी र छोरा दोपट्टाको पासो लगाएको अवस्थामा शव भेटिएको छ । मृतक गीताको माइती पक्षले उनीहरुको उपस्थीति बिना शव नउठाँउन आग्रह गरेका कारण उनीहरुलाई कुरी रहेका छौं ।’ प्रहरी निरीक्षक अवस्थीले भने ।

गीता पार्कीका श्रीमान हिजोमात्रै भारतबाट बझाङको घर आएका थिए । हाल उनी प्रहरीसँगै घटनास्थलमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?