नेपालमा कोरोना : थप ८६८ जनामा कारोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

लोकपथ
104
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कारोना संक्रमण पुष्टि भएको छ । ६ हजार ७ सय ५ परीक्षण गर्दा थप ८६८ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४ सय १४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म कूल ९ लाख ७३ हजार ८ सय १९ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ३ जनाले ज्यान गुमाएका छन् । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९७७ पुगेको छ ।

नेपालमा हाल कोरोनाको सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १ लाख ३८ हजार ८४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?