१३ माघ २०७९, शुक्रवार

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२०७९,श्रावण,२५,बुधबार १२:१७

144
Shares

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार डोटीको जोराइल गाउँपालिका–१ का २७ वर्षीय चित्र मडै रहेका छन् ।

धनगढीमै रहेको मायामेट्रो अस्पतालमा उपचारको क्रममा मडैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनगढीबाट अत्तरीयातर्फ जाँदै गरेको से २ प ५२ ८२ नम्बरको मोटरसाइकल गएराती १० बजे अनियन्त्रित भएर पल्टिएको थियो ।

दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकल चालकलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

प्रकाशित मिति: २०७९,श्रावण,२५,बुधबार १२:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

महोत्तरी । महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा आज भएको दुईवटा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २८ जना

काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रमले प्रहरीले सञ्चालन गरिरहेका स्वास्थ्य शिक्षा

काठमाडाैं । पेशा व्यवसायको वातावण नभएको एवम् राज्यका निकायहरुबाट न्याय नपाएको जस्ता विषयलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी माघ ९ गते

चितवन । चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका

ताजा समाचार