१८ आश्विन २०७९, मंगलवार

सी जिनपिङले डरलाग्दो बदमासी गरे : पेलोसी

२०७९,श्रावण,२५,बुधबार १०:३५

135
Shares

काठमाडौं । ताइवान भ्रमणपछि चीनको प्रतिक्रियाबाट कंग्रेसका सदस्य नडराउने अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले बताएकी छिन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘डरलाग्दो बदमासी’ जस्तो व्यवहार गरिरहेको उनले बताएकी छिन् । पेलोसीको भ्रमणपछि चीनले ताइवान वरपर सैन्य अभ्यास गरिरहेका बेला उनको सो भनाइ आएको हो ।

चीनको सेनाले यसअघि घोषणा गरेको लाइभ फायर अभ्यास समाप्त भएपछि ताइवान वरपर ठूलो मात्रामा सैन्य अभ्यास जारी राखेको जनाएको छ । चिनियाँ सेनाको पूर्वी थिएटर कमाण्डले पनडुब्बी विरोधी आक्रमण र समुद्री आक्रमणको अभ्यास गर्ने जनाएको छ ।

चिनियाँ सैन्य अभ्यासलाई ताइवानले टापुमा आक्रमण गर्न अभ्यासको रूपमा प्रयोग गरेको आरोप लगाएको छ ।

चिनियाँ विमान र जहाज आफ्नो क्षेत्रीय पानीमा प्रवेश गरिनसकेको ताइवानले जनाएको छ । सैन्य अभ्यासको अमेरिका, अस्ट्रेलिया, जापानले निन्दा गरेका छन् ।

प्रकाशित मिति: २०७९,श्रावण,२५,बुधबार १०:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१. नवरात्रको आज नवौं तथा अन्तिम दिन, दुर्गाको नवौं स्वरुप सिद्धिदात्री देवीको पूजाआराधना गरि मनाइयो, नवदुर्गाको प्रतिकको रुपमा नौ कन्याहरूको

काठमाडौं । चाडबाडको समयमा अझ दसैंको समयमा पारिवारिक जमघट त हो नि भनेर जथाभावी खाँदा वा आवश्यकता भन्दा बढी खाँदा

यतिबेला दसैँको माहोलले गाउँसहरलाई छपक्कै छोपिसकेको छ । सबै परिवार एकै ठाउँमा जम्मा भएर मीठो खाने, राम्रो लगाउने अनि रमाइलो

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यक्तिमुखी र स्वार्थी रवैयालाई प्रवद्र्धन गरेको भन्दै मधेस राजनीति र आन्दोलनको

ताजा समाचार

दसैँ बिदामा सेयर बजारको अध्ययन गर्ने कि ?
 २०७९,आश्विन,१८,मंगलवार १७:४०
यादवको रवैयाले पर्सामै कमजोर बन्दै जसपा
 २०७९,आश्विन,१८,मंगलवार १६:४४
थारु समुदायमा यसरी मनाइन्छ दसैँ
 २०७९,आश्विन,१८,मंगलवार १५:२४