काठमाडौं । सुनसरीमा बिहीबार गोली हानी हत्या गरिएका रैयाव बोर्डिङ स्कुलका सञ्चालक खुर्सिद आलमको हत्याको सत्यतथ्य पत्ता लगाउन नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) सुनसरीले उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।
तत्कालिन नेकपा एमाले जिल्ला सल्लाहकार परिषद्का सदस्य समेत रहेका खुर्सिद आलमको बिहीवार दिउँसो भारतीय नं. प्लेटका २ वटा मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले गोली हानी हत्या गरेका थिए ।
स्कुलबाट घरतर्फ गइरहेका बेला आलममाथि गोली हानिएको थियो ।
नेकपाले विज्ञप्ति जारी गर्दै घटनाको भत्र्सना गरेको छ । साथै उच्चस्तरीय छानविन समिति गठन गर्न समेत माग गरेको हो ।
तत्कालिन एमालेका सुनसरी जिल्ला संयोजक रमेशकुमार बस्नेत र तत्कालिन माओवादी केन्द्रका कावा संयोजक योगेन्द्र कुमार मण्डलले संयुक्त विज्ञप्ति जारी गर्दै मृतक आलमका आफन्तलाई उचित क्षतिपूर्ति तथा त्यस क्षेत्रमा आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन पनि माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया