कोभिडबाट ज्यान गुमाउनेमध्ये ७५ प्रतिशतले खोप लगाएका छैनन् : स्वास्थ्य मन्त्रालय

लोकपथ
91
Shares

काठमाडौं । नेपालमा कोरोनाका बिरामी बढ्न थालेको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विगत केहीदिन यताको तथ्याङ्कलाई हेर्दा कोरोनाबाट संक्रमित हुनेको संख्या बढ्दै गएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको तथ्याङ्कलाई निहाल्ने हो भने उक्त अवधिमा १ हजार ९० जनामा संक्रमण पुष्टि भएको र २ जनाले ज्यान गुमाएका छन् । यसरी कोरोनाबाट संक्रमित हुनेको दरमा वृद्धि हुँदा दैनिकजसो छिटफुटरुपमा मानिसहरुको संक्रमणका कारण ज्यान जाने गरेको तथ्याङ्कले देखाएको छ ।

कोरोनाबाट ज्यान गुमाउनेहरु मध्ये अधिकाशंले खोप नलगाएको मन्त्रालयको भनाई छ । पछिल्लो समय कोरोनाबाट ज्यान गुमाउनेमध्ये ७५ प्रतिशत नागरिकले कोभिड विरुद्धको खोप नलगाएको पनि मन्त्रालयले बताएको छ ।

त्यसैले, मन्त्रालयले कोभिड विरुद्धको खोप नलगाएका नागरिकहरुलाई पहिलो मात्रा, दोस्रा मात्रो र बुस्टर डोजको खोप लगाउन आग्रह गरेको हो । नजिकको स्वास्थ्य संस्थामा निशुल्क खोप लगाउन पाइने बताउँदै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न सर्वसाधरणलाई भनेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार विश्वभरमा अझै ७ दशमलव ९ अर्ब मानिसहरु कोरोनाको जोखिममा बाँचिरहेका छन् । यसबाट बच्ने उपाय खोप लगाउने, नाक मुख छोपिने गरि माक्स लगाउने, भौतिक दूरि कायम गर्ने, खोक्दा वा हाच्छ्युँ गर्दा पाखुरादेखि नाडीसम्मको भागले छोप्ने, झ्याल सधै खुल्ला राख्ने, समय समयमा साबुन पानीले हात धुने रहेको मन्त्रालयले बताएको छ ।

साथै, दुवै मात्राको खोप लगाएकाको व्यक्तीहरुलाई ५० प्रतिशतसम्म संक्रमणको जोखिम कम हुने , खोप नलगाएर संक्रमण भइहालेमा खोप लगाएका मानिसको तुलनामा १० प्रतिशत बढि ज्यान जाने जोखिम हुने तथा बुस्टर खोप लगाएमा ८५ प्रतिशत सुरक्षित भइने मन्त्रालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?