एकै दिन १ हजार ९० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

लोकपथ
195
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ६ हजार ३ सय जनाको परीक्षणमा १ हजार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ७४ पुगेको छ ।

No photo description available.

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ७३ हजार ७ सय ५ पुगेको छ ।

त्यस्तै हाल नेपालमा ५ हजार ८ सय ६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?