गुण्डा नाइके मनोज पुनका तीन सहयोगी रिहा

रूपन्देही –गुन्डानाइके मनोज पुनसँगै संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका तीन जना उच्च अदालत तुलसीपुर बुटवलको मंगलबारको आदेशले तारेखमा छुटेका छन् । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

न्यायाधीश कुमारप्रसाद पोखरेल र कृष्णकमल अधिकारीको संयुक्त इजलासको आदेशपछि देवदह ४ का लेखनाथ न्यौपाने, देवदह ५ का तुलसी न्यौपाने र बुटवल ४ का व्यवसायी हरिप्रसाद श्रेष्ठ तारेखमा छुटेका हुन् ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?