२१ आश्विन २०७९, शुक्रवार

सडक आयोजनाको कारण बन्चरेडाँडा जाने बाटाे रोकिएको छैन : सहरी विकास मन्त्रालय

२०७९,श्रावण,२३,सोमवार २०:०९

126
Shares

काठमाडौं । सहरी विकास मन्त्रालयअन्तर्गत रहेको बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल आयोजनाका प्रमुख रवीन्द्र बोहोराले आफूहरूको कारण बन्चरेडाँडा ल्याण्डफिल साइट जाने सडक अवरुद्ध नभएको बताएका छन् । उनले कठिन मानिएको सिसडोलमा एकतर्फी रूपमा फोहोर बोकेर गाडी जान सक्ने गरी व्यवस्था मिलाइएको कारण आयोजनाको कारण फोहोरका गाडी नरोकिएको बताएका हुन् ।

विगत २०७६ सालदेखि बन्चरेडाडाँमा ल्यान्डफिल साइट र कोल्पुखोला जलाधार क्षेत्रमा पूर्वाधारको निर्माणको गर्दै आएको बताउँदै उनले हाल तीनपिप्लेदेखि बन्चरेडाडाँसम्म सडक यातायातमा बाधा नपर्ने गरी काम भइरहेको बताए । ‘सडक स्तरउन्नतीको काम तीव्र गतिमा भइरहेको छ, सडकको कारण फोहर ढुवानी रोकिएको छैन,’ उनले भने ।

यसअघि आयोजनाले बन्चरेडाँडा ल्याण्डफिल साइट जाने सडक एक साता बन्द गरेर फोहोरको डगुर रहेको सिसडोल खण्डमा सडक स्तरउन्तीको काम सम्पन्न गरेको थियो । सिसडोलमा खण्डमा हाल ग्याबिङ भरेर गाडी नफस्ने व्यवस्था मिलाइएको छ ।

आयोजनाले तीनपिप्ले हुँदै बन्चरडाँडा ल्याण्डफिल साइटसम्म जाने करिब साढे १२ किलोमिटर सडकको स्तरउन्नतीको काम अघि बढाएको छ । ठेक्का सम्झौता भएर असार पहिलो साताबाट स्तरउन्ततीको काम हुँदै आएको छ । बोहोराले भने, ‘सिसडोलमा फोहोर माथिबाट गाडी बन्चरेडाँडा ल्याण्डफिल साइट लैजानको लागि अहिले सिसडोलमा दुई सय मिटरमा ग्याबिङ भनेर वर्षाको समयमा पनि निर्वाध रूपमा गाडी गुड्न सक्ने गरी काम सम्पन्न गरेका छौं ।’ बन्चरेडाँडा जाने सडक ११ करोडमा लगानीमा स्तरउन्नती हुन लागेको हो ।

प्रकाशित मिति: २०७९,श्रावण,२३,सोमवार २०:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आज आश्विन शुक्ल पक्षको द्वादशी, बडादसैँको टीका लगाउने क्रम आज पनि जारी छ । नवरात्रभर नवदुर्गा भवानीको पूजा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बारामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई क्षतिपूर्ति दिन माग

बारा । बारामा बिहीवार बिहान भएको बस दुर्घटनामा परी भएकामध्ये ११ जनाको शव सनाखत भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका

बाँके । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परेका छन्

ताजा समाचार

जसपाले आजै एमालेसँग सहमति गर्ने तयारी
 २०७९,आश्विन,२१,शुक्रवार ०८:४३
दक्षिण अफ्रिकाले भारतलाई हरायो
 २०७९,आश्विन,२१,शुक्रवार ०७:५९
बडादसैँको टीका आज पनि लगाइदै
 २०७९,आश्विन,२१,शुक्रवार ०७:४८
थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,आश्विन,२१,शुक्रवार ०७:३४