जोशीले महाभियोगको सामना गर्ने

काठमाडौं । सर्वोच्च अदालतका न्यायधीश दीपकराज जोशीले राजीनामा नदिने बरु महाभियोग लगाए सामना गर्ने बताएका छन् । 

सत्तारुढ दलले सर्वोच्च अदालतका न्यायाधीश जोशीविरुद्ध महाभियोग लगाउने तयारी शुरु गरेको छ ।

संसदीय सुनुवाई विशेष समितिले जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरेसँगै राजीनामा दिन दवाब दिएको थियो । 

सर्वोच्च अदालतले २८औं प्रधानन्यायाधीशका रूपमा ओमप्रकाश मिश्र पाएसँगै यसअघि प्रधानन्यायाधीशमा अस्वीकृत भएका दीपकराज जोशी पनि न्यायाधीशका रूपमा सर्वोच्च फर्केका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?