अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा घिमिरेको नाम अनुमोदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा आयुक्त नवीनकुमार घिमिरे सर्वसम्मत अनुमोदन भएका छन् । 

आजको बसेको संसदीय सुनुवाइको बैठकले प्रस्तावित प्रमुख आयुक्त घिमिरेलाई सर्वसम्मत अनुमोदन गरेको हो। 

घिमिरेमाथि कुनै पनि उजुरी परेको थिएन। यसअघि आयुक्तका रूपमा संसदीय सुनुवाइका क्रममा पनि उनीविरुद्ध उजुरी थिएनन्। तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यातले अनिवार्य अवकाश पाएपछि गत फागुन २ गतेदेखि उनी अख्तियारका कार्यवाहक प्रमुख आयुक्तका रुपमा कार्यरत छन्।

संवैधानिक परिषद्ले भदौ २० गते घिमिरेलाई अख्तियार प्रमुखमा सिफारिस गरेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?