कोरोना अपडेट : थप १ जनाको मृत्यु, कस्तो छ पछिल्लो तथ्यांक ?

लोकपथ
182
Shares

काठमाडौं । नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितहरुको संख्यामा वृद्धि भइरहेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै नेपालमा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ५३ सय ५१ जनाको परीक्षण गर्दा ४९८ जनाको पीसीआर र ४३६ जनामा एन्टीजेन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ७२ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४७० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ७२ हजार ९ सय ६७ पुगेको छ ।

पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै सक्रिय कोरोना संक्रमितको संख्यामा समेत वृद्धि भएको छ । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ८६ रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?