संसदको संयुक्त समितिमा राष्ट्रियसभाबाट तीन सांसद मनोनित

काठमाडौं । राष्ट्रियसभाबाट तीन जना सांसद मनोनित भएका छन् । उनीहरुलाई राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वय र अनुगमन तथा मूल्यांकन संयुक्त समितिमा मनोनित गरिएको हो । 

बिहीवार बसेको राष्ट्रियसभा बैठकले सांसदहरु राधेश्याम अधिकारी, कालिबहादुर मल्ल र रामलखन चौधरीलाई मनोनित गरिएको हो । राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिमा मनोनयनका लागि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनीहरुलाई प्रस्ताव गरेका थिए । 

त्यस्तै समितिमा प्रतिनिधिसभाबाट अनिकुमार झा, भीम रावल, डा. मिनेन्द्र रिजाल, निरादेवी जैरु, खेम प्रसाद लोहनी, गणेशसिंह ठगुन्ना, प्रभु साह, लक्ष्मी परियार, दुर्गा पौडेल र देवप्रसाद तिमिल्सिना सदस्य रहका छन् । 

अध्यक्ष तिमिल्सिनाले राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको समितिको सभापतिको निर्वाचन असोज ९ गते मंगलबार हुने जानकारी समेत दिए । साथै उनले संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई सो समितिको सभापतिको निर्वाचन कार्यतालिका सार्वजनिक गर्न पनि निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?