राजपाका नेता ठाकुरमाथि कटाक्ष, राज्यको सेवा लिएर कालो दिवस मनाउने ?

काठमाडौं । संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने नेतामाथि प्रतिनिधिसभा बैठकमा सांसदहरुले व्यंग्य गरिएको छ । 

बिहीवार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउन नमिल्ने भन्दै विरोध जनाएका हुन् । 

नेकपाका केन्द्रिय सदस्य समेत रहेका कैलाली क्षेत्र नं. २ बाट निर्वाचित सांसद झपट रावलले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरप्रति कटाक्ष गर्दै राज्यको सेवा सुविधा र भत्ता खाएर कालो दिवस मनाएकोमा विरोध जनाएका हुन् । 

‘यो संविधान दिवसलाई कालो दिन रुपमा चित्रित गर्नु हुँदैछ’ उनले भने । 

‘राज्यको सेवा सुविधा लिने अनि कालो दिवस मनाउने ?,’ रावलले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?