काठमाडौं । स्याङ्जामा ६ महिनाकी छोरीको हत्या गरेको आरोपमा आमासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गल्याङ नगरपालिका वडा नम्बर-२ ईलुङगाकी २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका-१० कुमाल गाउँका २२ वर्षीय केदार कुमाललाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार श्रीमान भारतमा रहेको समयमा लक्ष्मी केदारसँग ६ महिने छोरी लिएर भागेकी थिइन् ।
बुहारी घरमा केही नभनी हिडेर हराएपछि लक्ष्मीका ससुराले प्रहरीमा उजुरी गरेको र खोजी गर्ने क्रममा उनि शुक्रबार गल्याङबाट भेटिएको प्रहरीले जनाएको छ ।
घरबाट छोरी लिएर हिडेकी लक्ष्मीका साथमा छोरी नभएपछि अनुशन्धान गर्दै जाँदा उनले पहिले छोरीलाई जंगलमा फालेको बताएकी थिईन। तर, उनी र केदारले ६ महिने छोरीलाई साउन १० गते शौचालयको खाल्डोमा फालेर हत्या गरेको प्रहरीले बताएको हो ।
प्रहरीकाअनुसार लक्ष्मी र केदार केही समयदेखि प्रेम सम्बन्धमा थिए । सोही कारण उनिहरुले ६ महिने नाबालिकाको हत्या गरेको डीएसपी खनालले लोकपथलाई जानकारी दिए ।
नाबालिकाको शव सडिगलिसकेको अवस्थामा फेला परेको र हाल उक्त शव परिक्षणकालागि पठाईएको प्रहरीको भनाई छ । परिक्षणको रिर्पोट आएपछि मात्रै नाबालिकाको मृत्युको कारण खुल्ने प्रहरी नायब उपरीक्षक खनालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया